Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

एक लाख घुससहित गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा

एक लाख घुससहित गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा

काठमाडौँ : नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई घुस/रिसवत लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साेमबार नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरी दुःख–हैरानी दिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले निगरानी तथा अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुस/रिसवतबापत एक लाख रुपैयाँ लिएको अवस्थामा काठमाडौँ महानगरपालिका–१६, बालाजुबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। उनीसँग उक्त घुस रकमसहित स्रोत नखुलेको थप रु. ५ हजार समेत बरामद भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij