Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

स्कोर्पियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

स्कोर्पियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ : कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–२ बस्ने १८ वर्षीय शिखर बिक छन् । 

पूर्व पश्चिम राजमार्गमा गतराति लुम्बिनी प्रदेश–०१–००१ च २०५४ नम्बरको स्कोर्पियोले शिखर विकले चलाएको  लु।१४ प ५१९० नम्बरको स्कोर्पियोलाई ठक्कर दिएको हो । दुर्घटनामा परेर मोटरसाइकल पछाडि सवार २१ वर्षीया शोभा सिर्पाली घाइते छिन् ।  उनको बुटवल स्थित चौरहा अस्पतालमा उपचार भइरहेको छ ।

स्कोर्पियो चालक दाङको घोराही उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय केशव रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले रातोपाटीलाई बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij