Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सुकुम्बासी गुरुङ विद्यार्थीलाई १ लाख ७५ हजार सहयोग

सुकुम्बासी गुरुङ विद्यार्थीलाई १ लाख ७५ हजार सहयोग

काठमाडौं : नेपाल तमु गुरुङ विद्यार्थी सङ्घ केन्द्रीय समितिले सुकुम्बासी तमु गुरुङ विद्यार्थी आर्थिक सहयोग अभियानअन्तर्गत संकलित १ लाख ७५ हजार रुपिँया आर्थिक सहयोग गरेको छ ।शनिवार आयोजित एक कार्यक्रममा सुकुम्बासी गुरुङ विद्यार्थी विश्वनाथ गुरुङ र उहाँको परिवारलाई हस्तान्तरण गरिएको हो ।

१५ दिनसम्म सञ्चालन गरिएको उक्त अभियानबाट सङ्कलित रकम शनिबार मित्रनगरस्थित तमु गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिको सभाहलमा आयोजित विशेष कार्यक्रममा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा नेपाल तमु गुरुङ विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष पवन गुरुङको सभापतित्व रहेको थियो भने तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिका अध्यक्ष धनमान गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी नेपाल तमु गुरुङ विद्यार्थी सङ्घका पूर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासङ्घ संघीय परिषद्का वरिष्ठ उपाध्यक्ष दिल तमु लगायत विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।

उक्त अवसरमा यस वर्षको माध्यमिक शिक्षा परीक्षामा ४ जीपीए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गरेका तमु गुरुङ समुदायका १० जना विद्यार्थीलाई सम्मान गरिएको थियो। कार्यक्रममा उनीहरूको शैक्षिक उपलब्धिको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी, नेपाल आदिवासी जनजाति महासङ्घ संघीय परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित नेपाल तमु गुरुङ विद्यार्थी सङ्घका पूर्व अध्यक्ष दिल तमुलाई बधाई तथा सम्मानसमेत व्यक्त गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले शिक्षा, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताका माध्यमबाट विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको भविष्य निर्माणमा यस्ता अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए। साथै आगामी दिनमा पनि आवश्यकतामा रहेका विद्यार्थीहरूलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij