महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन सङ्कायको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले सुदूरपश्चिम विश्वविद्यालयमा बीएचएम अध्ययनका लागि प्रवेश परीक्षा दिएर बेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीले छतबाट हाम फाल्दा मृत्यु भएको हो ।
विश्वविद्यालयको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएका विद्यार्थी कार्कीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक गिरीको भनाइ छ ।उहाँलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो, गिरीले भने, ुमहाकालीले थप उपचारका लागि धनगढी रेफर गरेको र उपचारका क्रममा मृत्यु भएको हो ।ु
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij