काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको मानविकी तथा समाजशास्त्र संकायको प्रथम सेमेस्टरमा विद्यार्थीहरूले नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट परीक्षा दिन पाउने भएका छन् । प्रवेश पत्रमा अनिवार्य भाषा विषयबाहेक अङ्ग्रेजीमा लेख्नुपर्ने व्यवस्था उल्लेख गरेपछि परीक्षार्थीहरू अन्योलमा परेका थिए ।
प्रवेश पत्रको १० नम्बर बुँदामा लेखिएको छ– ‘परीक्षार्थीहरूले नेपाली, नेवारी, मैथिली, हिन्दी र संस्कृत बाहेक अन्य सबै विषयमा आफ्ना उत्तरहरू अङ्ग्रेजी माध्यममा मात्र लेख्नुपर्नेछ ।’ त्रिवि पत्रकारिता र लैङ्गिक अध्ययनको तीन वटा विषयको परीक्षा भइसकेको छ । एक परीक्षार्थीले भने– ‘कक्षामा सरले नेपाली वा अङ्ग्रेजी जुनसुकै भाषामा परीक्षा दिन मिल्छ भन्नुभएको थियो । तर, प्रवेश पत्रमा अनिवार्य अंग्रेजीमानै लेख्नुपर्ने भन्ने उल्लेख भएपछि म अन्योलमा परे । मैले परीक्षा नेपाली भाषामा नै दिए । ’
त्रिवि मानविकी तथा समाजशास्त्र संकायका सहायक डीन प्रा.डा.चिरञ्जीवी आचार्यले भाषा विषय बाहेक नेपाली र अङ्ग्रेजी दुवै भाषाबाट उत्तर लेख्न सकिने बताए । आचार्यले भने– ‘अहिले विद्यार्थीहरूले नेपाली भाषाबाट लेख्न थालिसकेका छन् । यो विषय अभ्यासमा आइसकेको छ । अङ्ग्रेजीबाट प्रश्न सोधिएपछि नेपाली भाषामा लेख्न मिल्छ । खासै केही फरक पर्दैन । तर, भाषा विषयको हकमा भने जुन भाषामा सोधिएको छ त्यही भाषामा उत्तर लेख्नुपर्छ । ’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij