Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

लागुऔषध खरिद बिक्री गर्न खोज्ने तीन जना दमकबाट पक्राउ

लागुऔषध खरिद बिक्री गर्न खोज्ने तीन जना दमकबाट पक्राउ

झापा : झापाको दमकबाट खैरो हेरोइन र ठुलो परिमाणको प्रतिबन्धित क्याप्सुलसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो झापाको दमक नगरपालिका वडा नम्बर ५ स्थित आकासे पुल नजिक पूर्वाञ्चल चौक अगाडिको सार्वजनिक सडक खण्डबाट उनीहरू पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा बस्ने ३४ वर्षका बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षका रोमी लिम्बु र झापाको दमक नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षका करण मल्लिक रहेका छन्।

उनीहरूले को ३४ प २६८९ र मे ६ प १८२७ नम्बरको दुई वटा स्कुटरमा आएर लागुऔषध खरिद बिक्री गर्न लागिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। प्रहरीले उनीहरूको साथबाट ४ हजार ९६० क्याप्सुल ट्रामाडोल र १ ग्राम ५२० मिलीग्राम खैरो हेरोइन बरामद गरेको छ। लागुऔषध र दुवै वटा स्कुटरसहित पक्राउ परेका तीनै जनामाथि इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij