काठमाडौं : सर्वोच्च अदालतले देशभरका विभिन्न जिल्ला अदालतमा कार्यरत २० जना जिल्ला न्यायाधीशको काज सरुवा गरेको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्माको निर्णयअनुसार अदालतको कामकारबाहीलाई थप प्रभावकारी, व्यवस्थित र सहज बनाउन न्यायाधीशहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
सरुवाअनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश नरेन्द्रबहादुर बुढालाई सुर्खेत जिल्ला अदालत पठाइएको छ भने सुर्खेतका न्यायाधीश कमलकान्त जोशीलाई काठमाडौँ जिल्ला अदालतमा काजमा ल्याइएको छ।
यसैगरी, भक्तपुर जिल्ला अदालतमा एकैपटक चार जना न्यायाधीश खटाइएको छ। भक्तपुरमा सिन्धुलीका विनोद खतिवडा, दाङका गेहेन्द्रराज पन्त, सप्तरीका प्रकाश कोइराला तथा सर्लाहीका पुरुषोत्तम नेपाललाई काजमा पठाइएको सर्वोच्चले जनाएको छ।
त्यस्तै, सप्तरी जिल्ला अदालतमा पनि चार जना नयाँ न्यायाधीशको जिम्मेवारी तोकिएको छ। सुनसरीका सन्तोषप्रसाद पराजुली, झापाका पुण्यप्रसाद सापकोटा तथा मोरङका बासुदेव पाण्डे र कर्णबहादुर राईलाई सप्तरी जिल्ला अदालतमा काजमा खटाइएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij