Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कावासोतीमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु

कावासोतीमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु

नवलपरासी :  कावासोती नगरपालिका –०८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

कावासोतीबाट डण्डातर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्रकले पैदलयात्री कावासोती नगरपालिका –०८ बस्ने ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो ।

अनुसन्धानका क्रममा बिहान करिब ७:३० बजे मध्यबिन्दु नगरपालिका –११ स्थित पूर्व–पश्चिम राजमार्गबाट शंकास्पद बा ३ क १९०३ नम्बरको ट्रकलाई फेला पारी नियन्त्रणमा लिइएको छ । ट्रकका चालक भने फरार रहेकाले उनको खोजी तथा घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij