Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सुनसरीमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी

सुनसरीमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी

सुनसरीः सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न स्थानमा लगाइएको अनिश्चितकालीन कफ्र्यु आदेशलाई आजबाट हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले एक सूचना जारी गर्दै आज बिहान ८ः३० बजेदेखि साँझ ५ः०० बजेसम्मका लागि कफ्र्यु हटाइएको जानकारी दिए।

कफ्र्यु हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम ’निषेध आदेश’ (निषेधाज्ञा) भने जारी गरेको छ। यस आदेश अनुसार तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा ५ जनाभन्दा बढी मानिसहरू भेला हुन वा जम्मा हुन पाउने छैनन्।

इटहरी उपमहानगरपालिकाको  वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र, रामधुनी नगरपालिकाको वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र, इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो। 

यसअघि गत साउन १२ गते राति ९ः०० बजेदेखि अर्को सूचना नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको थियो।

Carfu-1785555208.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij