चितवन : चितवनमा हालसम्म ७० हजार २०६ पशुमा कृत्रिम गर्भाधान गरिएको छ। पशुसेवा कार्यालय चितवनका अनुसार ६३ हजार ६२७ गाई, ६ हजार ५४४ भैँसी र ३५ बाख्रामा कृत्रिम गर्भाधान गरिएको हो।
कार्यालय प्रमुख डा. प्रभात न्यौपानेका अनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकामा २९ हजार ९२ गाई, ३ हजार १७० भैँसी र २६ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ। त्यसपछि खैरहनी, राप्ती, रत्ननगर, कालिका, माडी र इच्छाकामना क्षेत्रमा पनि उल्लेख्य संख्यामा सेवा प्रदान गरिएको छ।
डा. न्यौपानेका अनुसार कृत्रिम गर्भाधानबाट उन्नत जातका पशु उत्पादन, दूध तथा मासु उत्पादन वृद्धि, बहर पाल्ने खर्चमा कमी तथा सरुवा रोगको जोखिम घट्ने भएकाले किसानको आकर्षण बढ्दै गएको छ। व्यावसायिक पशुपालन गर्ने किसानले यस प्रविधिको प्रयोगलाई प्राथमिकता दिन थालेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij