Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच कृति सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच कृति सार्वजनिक

काठमाडौँ  : खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच कृतिको सूची सार्वजनिक गरेको छ।

प्रतिष्ठानले शुक्रबार सार्वजनिक गरेको सूचीमा उत्कृष्ट १५ कृतिमध्ये दोस्रो चरणका लागि पाँच कृति छनोट गरिएको जनाएको छ।

छनोट भएका कृतिमा क्षितीज समर्पणको उपन्यास ‘तोरकीन’, सीमा आभासको उपन्यास ‘महायुग’, डा. नवराज केसीको निबन्ध ‘स्वस्पर्श’, श्रवण मुकारुङको उपन्यास ‘सलह’ र नदीशको कवितासङ्ग्रह ‘हिउँद’ रहेका छन्।

प्रतिष्ठानका अनुसार यीमध्येबाट अन्तिम चरणमा उत्कृष्ट कृति चयन गरी पद्मश्री साहित्य पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij