Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

ब्रोड पिक हिमपहिरो : उद्धार टोलीले चार शव फेला पारेको दाबी

ब्रोड पिक हिमपहिरो : उद्धार टोलीले चार शव फेला पारेको दाबी

काठमाडौँ : पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीमध्ये चार जनाको शव फेला परेको दाबी गरिएको छ।

पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उद्धार टोलीले घटनास्थलमा चार वटा शव फेला पारेको जानकारी दिएका छन्।

यद्यपि उक्त विवरणको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। यसअघि पाकिस्तानका लागि नेपाली राजदूत रीता धितालले पनि घटनास्थलमा शव फेला परेको जानकारी आफूले सुनेको भए पनि आधिकारिक पुष्टि नभएको बताएकी थिइन्।

ब्रोड पिकमा हिमपहिरोमा परेपछि नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको थियो। टोलीको खोज तथा उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij