Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

हिमपहिरोमा परेका पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

हिमपहिरोमा परेका पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

काठमाडौँ : पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो जाँदा नेपाली प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ।

पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिमा निर्मल पुर्जासहितको टोली हिमपहिरोमा परेपछि सम्पर्क टुटेको जानकारी दिएका छन्।

टोलीमा निर्मल पुर्जासहित पाँच नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ र एक जना अन्य आरोही रहेका छन्। अन्तिम आरोहीको राष्ट्रियता भने खुलाइएको छैन।

पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशदसहितका पदाधिकारीले खोज तथा उद्धारका लागि सरकारी निकायसँग समन्वय गरिरहेको जनाएका छन्। टोलीको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij