Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

हिंसा थप भड्किन नदिनतर्फ पहल गर्न सरकारलाई पूर्वप्रधानमन्त्री देउवाको आग्रह

हिंसा थप भड्किन नदिनतर्फ पहल गर्न सरकारलाई पूर्वप्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ  : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले तराईका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि देखिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। हाल विदेश रहेका देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै सामाजिक सद्भाव, एकता र शान्ति कायम राख्न सबैलाई आग्रह गरेका हुन्।

देउवाले नेपालीहरूको विशेषता सहअस्तित्व, आपसी सद्भाव, एकता र सहकार्य भएको उल्लेख गर्दै सम्पूर्ण नागरिकलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेका छन्।

उनले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

देउवाले हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij