Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

विश्व हिन्दु महासंघद्धारा भोली(शुक्रबार) चितवन बन्दको घोषणा

विश्व हिन्दु महासंघद्धारा भोली(शुक्रबार) चितवन बन्दको घोषणा

चितवन : विश्व हिन्दु महासंघ नेपाल, जिल्ला कार्यसमिति चितवनले एक विज्ञप्ति जारी गर्दै देशको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।महासंघले विज्ञप्तिमार्फत देशमा सामाजिक सद्भाव र धार्मिक सहअस्तित्वमाथि आक्रमण भइरहेको दाबी गर्दै पूर्वी नेपालका केही घटनाप्रति आपत्ति जनाएको छ। साथै, जनकपुर र सिराहामा भएको घटनामा सुरक्षाकर्मीबाट गोली चलाइएको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिन र जिम्मेवार निकायबाट आवश्यक कदम चाल्न माग गरेको छ।

यिनै विषयलाई लिएर महासंघले विरोधस्वरूप भोली  साउन १५ गते शुक्रबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चितवन जिल्ला बन्दको आह्वान गरेको जनाएको छ।
महासंघले बन्दलाई शान्तिपूर्ण रूपमा सफल बनाउन चितवनवासीसँग सहयोग र सहभागिताको अपिल गरेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij