Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नारायणी अस्पताल घटनाको विरोधमा चिकित्सकको प्रदर्शन, आकस्मिकबाहेकका सेवा बन्द

नारायणी अस्पताल घटनाको विरोधमा चिकित्सकको प्रदर्शन, आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरूले देशभर प्रदर्शन गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा बुधबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको हो।

चिकित्सकहरूले काठमाडौंको माइतीघरमा समेत विरोध प्रदर्शन गरेका छन्। संघले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीलाई कारबाही गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएको छ।

संघका अध्यक्ष डा. बद्री रिजालले घटना भएको पाँच दिन बितिसक्दा पनि दोषी पक्राउ गरी कारबाही गर्नुको सट्टा न्याय माग्नेहरूमाथि नै दुर्व्यवहार भएको बताएका छन्।

सरकारले माग सम्बोधन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता हुने संकेत देखिएको संघले जनाएको छ। चिकित्सकहरूले सुरक्षित वातावरणमा मात्रै सेवा दिन सकिने बताएका छन्।

 
 
 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij