पर्सा : राष्ट्रिय बाघ गणना–२०८२ को सार्वजनिक नतिजाअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या चार वर्षको अवधिमा झण्डै दोब्बर भएको छ। चार वर्षअघिको राष्ट्रिय बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क बाघ रहेकामा यसपटक ७१ वटा पुगेका छन्। यससँगै पर्सा निकुञ्ज नेपालमा सबैभन्दा तीव्र गतिमा बाघ संख्या बढ्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ।
वन तथा वातावरण मन्त्रालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय बाघ गणनाअनुसार देशभर ४ सय २९ वटा वयस्क बाघ अभिलेख भएका छन्।
पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल ६ सय २७ दशमलव ३९ वर्ग किलोमिटर रहेको छ। यो निकुञ्ज पर्सा, बारा र मकवानपुर जिल्लासम्म फैलिएको छ र भारतको वाल्मीकि टाइगर रिजर्भ तथा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघका लागि महत्त्वपूर्ण जैविक मार्गका रूपमा परिचित छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij