काठमाडौँ : भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निम्तो दिएको छ।गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहलाई भारत सरकारले भ्रमणका लागि औपचारिक निम्तो पठाएको जनाएको हो।
मंगलबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाएको सार्वजनिक गरेका हुन्।उनले भने, ‘भारत भ्रमणका लागि नेपालका प्रधानमन्त्रीलाई निम्तो पठाइएको छ।’पत्रकारहरुले नेपालका प्रधानमन्त्रीको भ्रमणका विषयलाई लिएर अरु प्रश्न गरे पनि जवाफ दिएनन्।
शाह प्रधानमन्त्री नियुक्त हुने वित्तिकै विदेश सचिव विक्रम मिश्रीले विशेष दूतका रुपमा भेट्न खोज्दा अस्वीकार गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij