Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

पूर्ववडाध्यक्षलाई १५ लाखको भ्रष्टाचार मुद्दा

पूर्ववडाध्यक्षलाई १५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ : धनुषाको विदेह नगरपालिकाका एक पूर्ववडाध्यक्ष विजयकुमार यादवविरुद्ध १५ लाख नौ हजार २५० रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवले धनुषा, विदेश नगरपालिका-५ मा प्राप्त एम्बुलेन्स निजी प्रयोगमा लगाई आफूखुशी भाडा शुल्क उठाएर सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको छ।

२०७७ असोज १४ को सम्झौताबाट वडाबासीलाई सेवा सुविधा उपलब्ध गराउन भनी निःशुल्करूपमा एम्बुलेन्स प्राप्त गरी उक्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी विवरणमा समेत आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखी एम्बुलेन्स सेवा सञ्चालन गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो १५ लाख नौ हजार २५० रुपैयाँ कायम गरी कैद र बिगो बमोजिम जरिवाना हुन मागदाबी लिइ मंगलबार विशेष अदालतमा अरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij