Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडाैँ  :  निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेकाे छ ।उनीहरूलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी एवं प्रवक्ता पवन कुमार भट्टराईले बताए। 

उनीहरू गत बुधबार सिंहदरबार गेट अगाडिबाट पक्राउ परेका थिए। झरीमा रुझ्दै उनीहरू गृहमन्त्री सुधन गुरुङलाई भेट्न भन्दै सिंहदरबार पुगेका थिए। तर प्रहरीले राेकेकाे थियाे।

उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।तीन दिनदेखि प्रहरी हिरासतमा रहेका उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट