Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

पाँच जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला

काठमाडौँ :  देशका विभिन्न जिल्लामा बुधबार पाँच जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–८ पशुपतिबाट किरातेश्वर मन्दिर जानेतर्फ बागमती खोला किनारमा हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ स्थित चिडिया खोलाको सडक पेटीमा हालसम्म नाम, थर र ठेगाना नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन्।

इलामको माइजोगमाई गाउँपालिका–१ नयाँबजार निवासी ४९ वर्षीय शिवकुमार दास आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।


त्यसैगरी पर्वतको कुश्मा नगरपालिका–१२ मल्याङ्दी निवासी ९२ वर्षीया कलावती गौतम सोही स्थानस्थित मल्याङ्दी खोलाको किनारमा मृत अवस्थामा फेला परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट