Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

असारको तेस्रो सातासम्म देशभर ३२ प्रतिशत मात्रै रोपाइँ

असारको तेस्रो सातासम्म देशभर ३२ प्रतिशत मात्रै रोपाइँ

काठमाडौं :  नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा  सुस्त देखिएको छ । कृषि, वन तथा पर्यावरण  मन्त्रालय अन्तर्गत कृषि विभागले आज निकालेको  तथ्याङ्क अनुसार मनसुन ढिलो सक्रिया हुँदा देशभरि रोपाइँ प्रभावित भएको हो ।

विभागका अनुसार  मुलुकभर हालसम्म कुल धान रोपाइँ हुनसक्ने क्षेत्रफलको करिब ३२.३८ प्रतिशत भूभागमा मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्ष २०८२ सालको असार २२ गतेसम्ममा नेपालभर ४५.० प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको तुलनामा यस वर्षको सोही अवधिसम्मको प्रगति करिब साढे १२ प्रतिशतले न्यून देखिएको हो ।

हालसम्म नेपालको कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती योग्य क्षेत्रफलमध्ये ४ लाख ४३ हजार ५ सय ९५ दशमलव शून्य ९ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij