Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

टेरामक्स प्रकरण : पूर्वमन्त्री कांग्रेस नेता मोहनबहादुर बस्नेतले पाए सफाइ

टेरामक्स प्रकरण : पूर्वमन्त्री कांग्रेस नेता मोहनबहादुर बस्नेतले पाए सफाइ

काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतले सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लिरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिएको हो।

अन्य आरोपीहरुलाई भने कैद सजाय तोकिएको छ। अदालतले उक्त खरिद प्रक्रियामा  बस्नेत सहभागी भएको नदेखिएको उल्लेख गरेको छ। 

अदालतले नीतिगत निर्देशन दिएपछि त्यसको कार्यान्वयन, प्राविधिक तयारी, पूर्वाधार निर्माण र खरिद प्रक्रिया सम्बन्धित निकायको जिम्मेवारी भएको तथा मन्त्री वा मन्त्रालयले त्यसमा हस्तक्षेप गरेको प्रमाण नभेटिएको जनाएको छ।

फैसलामा बस्नेत नीतिगत निर्णयपछिका कुनै पनि खरिद प्रक्रियामा संलग्न रहेको पुष्टि हुन नसकेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij