काठमाडौँ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै विद्यालयलाई विद्यालयको जोखिम मूल्याङ्कन गरी सम्भावित जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ।केन्द्रले मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने विद्यालय र विद्यार्थीको सिकाइ तथा सुरक्षालाई ध्यानमा राखी विद्यार्थीहरू विद्यालय आउँदा र घर फर्कंदा अपनाउनुपर्ने सुरक्षा उपाय अवलम्बन गर्न पनि निर्देशन दिएको हो।
विकास केन्द्रले विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिलाई विपद् तयारी तथा सुरक्षासम्बन्धी अभिमुखीकरण गर्ने, विद्यालय आउँदा-जाँदा सडक सुरक्षा, नदी तथा पहिरो जोखिम, विद्युतीय जोखिम लगायतका विषयमा विद्यार्थीलाई नियमित सचेतना प्रदान गर्नू पनि भनेको छ।
त्यसैगरी विद्यालयमा सुरक्षित निकास मार्ग, आपत्कालीन सम्पर्क विवरण तथा प्राथमिक उपचार सामग्रीको व्यवस्था गर्ने, विपद्को समयमा विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न अभिभावक तथा समुदायसँग समन्वय गर्न केन्द्रले विद्यालयहरूलाई आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij