कञ्चनपुर : कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा कुँवरलाई प्रहरीले पक्राउ गरेको हो। घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्राप्त जानकारी अनुसार, कार्यक्रमका क्रममा दुवै पक्षबीच भनाभन भएपछि पत्रकार कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ भने घटनापछि कुँवरको चर्को आलोचना समेत भइरहेको छ।
यता, पत्रकार कुँवरले भने आफ्नो फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको दाबी गरेकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij