Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुर–२ मा प्रहरी बिट माग्दै पाँच टोल विकास संस्थाले बुझाए ज्ञापनपत्र

भरतपुर–२ मा प्रहरी बिट माग्दै पाँच टोल विकास संस्थाले बुझाए ज्ञापनपत्र

भरतपुर : भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुर अन्तर्गत ५ वटा टोल विकास संस्थाले प्रहरी बिट स्थापनाको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा आदर्श नगर नमुना टोल विकासका अध्यक्ष किरण आचार्यको नेतृत्वको टोलीले सो ज्ञापनपत्र बुझाएको हो । भरतपुर महानगरपालिका वडा नं. २ स्थित महानगर फलफूल तथा तरकारी बजार क्षेत्र व्यावसायिक गतिविधि तथा स्थानीय बसोबास दुवै दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण क्षेत्र हो। यो बजार फलफूल तथा तरकारी खरिद-विक्रीको मुख्य केन्द्र रहेको हुँदा यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको व्यापारिक प्रयोजनका लागि दैनिक रूपमा ठुलो संख्यामा यातायातका साधनहरूको आवतजावत हुने गर्दछ।

उक्त बजार परिसरभित्र र बाहिर पार्किङ गरिएका गाडीहरूको आडमा र भिडभाडको मौका छोपी चोरी–डकैती, लुटपाट, लागुपदार्थ सेवन तथा दुर्व्यसन जस्ता विभिन्न असामाजिक गतिविधिहरू दिनप्रतिदिन बढ्दै गएका छन्।यस बजार क्षेत्र बुद्ध टोल,आदर्श नगर नमुना टोल, मितेरी टोल र रामेश्वर टोलमा बसोबास गर्ने करिव १००० घरधुरीका ५००० जनसंख्यामा रहेको जनमानस र स्वयम् व्यवसायी हरुमा पनि यस प्रकारका अवाञ्छित गतिविधिहरूले गर्दा गम्भीर असुरक्षाको भावना उत्पन्न भएको ज्ञापन-पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट