Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

विदेशी मुद्रासहित तीन बंगलादेशी नागरिक पक्राउ

विदेशी मुद्रासहित तीन बंगलादेशी नागरिक पक्राउ

ललितपुर : अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। 

ललितपुर महानगरपालिका–१४ जुपिटर मार्गस्थित कमलरग अपार्टमेन्टको दोस्रो तल्लामा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा गत असोज १९ गते बेलुका उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले अपार्टमेन्टमा खानतलासी गर्दा १५ हजार ५ सय अमेरिकी डलर (१०० को नोट १५५ थान), ३८ हजार ४ सय ५० बंगलादेशी टाका र ३ लाख १५ हजार नेपाली रुपैयाँ (१००० को नोट ३१५ थान) बरामद गरेको छ। यसका साथै विभिन्न व्यक्तिका नाममा रहेका ७ थान पासपोर्ट र सामसङ, टेक्नो, आइफोन एवं ओप्पो कम्पनीका मोबाइलहरू समेत फेला परेका छन्।

पक्राउ पर्नेहरूमा हाल सोही अपार्टमेन्टमा बस्दै आएका बंगलादेशको पश्चिम तिलापरा उस्मानीनगर सिल्हेट घर भएका ३१ वर्षका रमन मिया रहेका छन्। त्यसैगरी बंगलादेश घर बताउने २७ वर्षका तायेब हुसैन राजोम सिद्दा र बंगलादेशकै ढाका मिरपुर घर भएका २५ वर्षका महादी हसनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद मुद्रा र पासपोर्टसहित पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट