चितवन : राप्ती जेसिज, नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पताल चितवन, वाघदेवी सामुदायिक वन तथा रोट्याक्ट क्लब अफ पूर्वी चितवनको संयुक्त आयोजनामा एकदिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरमा करिब ५०० जना सेवाग्राहीले आँखा परीक्षण, औषधि वितरण तथा आवश्यकताअनुसार चस्मा प्राप्त गरेका छन्। स्थानीय समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरबाट ठूलो संख्यामा नागरिक लाभान्वित भएका आयोजकहरूले बताएका छन्।
शिविर प्रजित रुवलि, शिवनारायण चौधरी र शिशिर सिग्देलको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रमका संयोजकहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यस अवसरमा बोल्दै वाघदेवी सामुदायिक वनका अध्यक्ष शिवनारायण चौधरी तथा वर्ष २०२६ का अध्यक्ष प्रजित रुवलिले समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने बताए।
त्यस्तै, नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पताल चितवनबाट प्राप्त प्राविधिक सहयोगका लागि श्रीकृष्ण गौतमप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। उक्त जानकारी रोट्याक्ट क्लब अफ पूर्वी चितवनका वर्ष २०२६/२०२७ का अध्यक्ष शिशिर सिग्देलले दिएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij