Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चेपाङ समुदायको जीवनस्तर सुधारका लागि प्रधानमन्त्री बालेन शाहलाई हिम्मत पुरीको आग्रह

चेपाङ समुदायको जीवनस्तर सुधारका लागि प्रधानमन्त्री बालेन शाहलाई हिम्मत पुरीको आग्रह

चितवन : कालिका पर्यटन तथा समाजसेवी हिम्मत पुरीले प्रधानमन्त्री बालेन्द्र शाहलाई कालिका नगरपालिका–९ का चेपाङ बस्तीको आर्थिक तथा सामाजिक विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै पुरीले प्रधानमन्त्री शाह हाल बसोबास गरिरहेको लटौली स्याङ्चुरी रिसोर्टभन्दा माथि रहेको लटौली क्षेत्र चेपाङ भाषाबाट नामकरण भएको र त्यहाँ चेपाङ समुदायको बाक्लो बसोबास रहेको उल्लेख गरेका छन्। उनले समय मिलेसम्म चेपाङ बस्ती पुगेर त्यहाँका नागरिकको अवस्था बुझ्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्। पुरीका अनुसार कालिका–९ अन्तर्गत राजबन, कोलाहार, सुपार र लटौलीलगायतका क्षेत्र शतप्रतिशत चेपाङ समुदायको बसोबास भएका स्थान हुन्। यी क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालसहित तीन पटक प्रतिनिधित्व गरेको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछन्।

नेपालका सीमान्तकृत समुदायमध्ये चेपाङ समुदायको जीवनस्तर विगतको तुलनामा केही सुधार भए पनि अपेक्षाअनुसार उकासिन नसकेको उनको भनाइ छ। शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा अझै विशेष पहल आवश्यक रहेको उनले बताएका छन्। प्रधानमन्त्री शाहको शक्तिखोर बसाइको सम्झनास्वरूप चेपाङ समुदायको जीवनस्तर उकास्न र आर्थिक विकासमा टेवा पुग्ने गरी नयाँ तथा प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उनको आग्रह छ। “चेपाङ समुदायको दिगो विकासका लागि राज्यको विशेष ध्यान आवश्यक छ,” भन्दै पुरीले प्रधानमन्त्री शाहप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

724458836_1875694250056445_9218187170432249648_n.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट