काठमाडौं : सत्तारुढ दल रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरस्थित उद्योग संघको खुला चौरमा जारी छ ।
चर्को घामकैविच केहीबेरको बर्षातले सहभागीहरुलाई सितल महशुस गरेको छ । तर पानी रोकिएसँगै गर्मी पुर्ववत अवस्थामा फर्किएको छ ।
महाधिवेशन हल बाहिर सहभागीहरुको चहलपहल बढ्दो छ । हलबाहिर कोही भाषण सुन्दै गरेका देखिन्छन् भने कोही शौचालयको लाइन लागेका । त्यस्तै कोही मोहीको लाइनमा देखिएका छन् । केही सहभागी भने प्रधानमन्त्री तथा रास्वपाका बरिष्ठ नेता बालेनलाई हेर्नमात्रै आएको भन्दै फर्किएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij