काठमाडौं : ‘योग’ शब्दले अनेकानेक अर्थ बोकेको छ । सामाजिक व्यवहारमा योगले दुई वा दुईभन्दा बढी पक्षहरूलाई एक गरेको अर्थ दिन्छ भने दर्शनमा आत्मा र परमात्माबिच योगको कुरा गर्दछ । मानिस भौतिक अवस्थाबाट अभौतिकमा विलीन हुने विधिको अर्थ दिन्छ । सांसारिकताबाट मुक्ति वा मुक्तिको विधि स्पष्ट गर्दछ । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो ।
योग दर्शनका प्रणेता पतञ्जलिका अनुसार, योग भनेको मनलाई चञ्चल हुनबाट रोक्ने वा मनलाई भटकन नदिने र केवल ‘कैवल्य’मा केन्द्रित राख्ने विधि हो । योग दर्शनले मनलाई एकाग्र गर्ने र ईश्वरसँग विलीन गर्ने मार्गदर्शन गर्दछ । अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोध:’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । वैदिक शास्त्रहरूमा ६ वटा दर्शन प्रतिपादन गरिएका छन् । ती हुन्– साङ्ख्य दर्शन, योग दर्शन, वैशेषिक दर्शन, न्याय मीमांसा (पूर्वमीमांसा) र वेदांत (उत्तर– मीमांसा) दर्शन । यद्यपि भारत वर्षमा यी प्रधान दर्शनहरूका अतिरिक्त ‘सवंदर्शन संग्रह’मा चार्वाक, बौद्ध, आर्हत, नकुलीश, पाशुपत, शौव, पूर्णप्रज्ञ, रामानुज, पाणिनि र प्रत्यभिज्ञा दर्शनको पनि उल्लेख पाइन्छ ।
साङ्ख्य दर्शनमा सृष्टिको उत्पत्तिको क्रमको विस्तारपूर्वक विवेचन गरिएको छ । न्याय दर्शनमा युक्ति वा तर्क प्रणालीको बारेमा निकै विस्तारका साथ वर्णन गरिएको छ । वैशेषिक दर्शनमा द्रव्य र तिनका गुणहरूको विशेष रूपले निरूपण गरिएको छ । पूर्वमीमांसा दर्शनमा वैदिक कर्मसम्बन्धी वाक्यहरूको अर्थ निश्चित गर्न तथा विरोधहरूको समाधान गर्ने नियमहरू निरूपित गरिएका छन् । उत्तरमीमांसा वा वेदांत दर्शन अत्यन्त उच्च कोटिको विचार–पद्धतिद्वारा एकमात्र ब्रह्मला जगतका अभिन्न निमित्तोपादानकारण बताइएको अर्थात् जगत् र ब्रह्मको एकता प्रतिपादित गर्दछ ।
सर्वसाधारणबिच जुन प्रकारको ईश्वरसम्बन्धी भावना पाइन्छ, त्यही योग दर्शनको ईश्वर हो । योग दर्शनमा कुनै पनि मतउपर विशेष तर्क–वितर्क वा आग्रह छैन । बल्कि मोक्षप्राप्तिको निमित्त यम, नियम, प्राणायाम, समाधि इत्यादिको अभ्यासद्वारा ध्यानको परमावस्थाको प्राप्तिको साधनहरूको विस्तारका साथ वर्णन रहेको देखिन्छ । योग दार्शनिक पतञ्जलिले आत्मा र संसारको सम्बन्धमा साङ्ख्य दर्शनका सिद्धान्तहरूको प्रतिपादन र समर्थन गरेका छन् । उनले साङ्ख्य दार्शनिकहरूले जस्तै पच्चीस तत्त्वहरूलाई पनि स्वीकार गरेका छन् । यसको विशेषता यो हो कि साङ्ख्य दर्शनको विपरीत, उनले छब्बीसौं तत्व, ’पुरुषविशेष’ वा ईश्वरलाई पनि स्वीकार गरे, जसले उनलाई सांख्यको नास्तिकताबाट बचायो ।
योग दर्शनको मान्यता अनुसार मानिसले पाँच प्रकारका दुःखहरू अनुभव गर्छनः अज्ञानता, अहंकार, आसक्ति, घृणा र अभिनिवेश । मानिस जन्मन्छन् र आफ्नो कर्मको फल अनुभव गर्दै आफ्नो जीवन बिताउँछन् । पतञ्जलिले यी दुःखहरूबाट बच्न र मुक्ति प्राप्त गर्ने तरिकाको रूपमा ‘योग’ सुझाएका छन् । योगका तत्त्वहरूको क्रमिक रूपमा अभ्यास गर्नाले व्यक्ति सिद्ध हुन्छ र अन्ततः मुक्ति प्राप्त गर्दछ ।
पतञ्जलिको योग दर्शन चार भागमा विभाजित छः समाधि, साधना, विभूति र कैवल्य । समाधिपादले योगको उद्देश्य र विशेषताहरू र यसलाई कसरी अभ्यास गरिन्छ भनेर व्याख्या गर्छन् । साधनापादले दुःख, कर्मको परिणाम र कर्मको परिणामको बारेमा छलफल गर्दछ । विभूतिपादले योगका घटकहरू, यसको परिणामहरू, र यसले कसरी अनिमा, महिमा जस्ता सिद्धिहरूको प्राप्तितर्फ डोर्याउँछ भन्ने बारेमा व्याख्या गर्दछ । कैवल्यपदले कैवल्य वा मुक्तिको बारेमा छलफल गर्दछ ।
योग दर्शनको मान्यता अनुसार मानिसले पाँच प्रकारका दुःखहरू अनुभव गर्छनः अज्ञानता, अहंकार, आसक्ति, घृणा र अभिनिवेश । मानिस जन्मन्छन् र आफ्नो कर्मको फल अनुभव गर्दै आफ्नो जीवन बिताउँछन् । पतञ्जलिले यी दुःखहरूबाट बच्न र मुक्ति प्राप्त गर्ने तरिकाको रूपमा ‘योग’ सुझाएका छन् । योगका तत्त्वहरूको क्रमिक रूपमा अभ्यास गर्नाले व्यक्ति सिद्ध हुन्छ र अन्ततः मुक्ति प्राप्त गर्दछ । योग साधकहरूले संसारलाई दुःख र तिरस्कारले भरिएको मानेका छन् । तिनीहरू योगलाई व्यक्ति वा आत्माको मुक्तिको लागि एक मात्र माध्यम मानेका छन् । पतञ्जलिले मनका पाँच प्रकारका अवस्थाहरू पहिचान गरे: उत्तेजित, सुस्त, अशान्त, संयमी र एकाग्र, जसलाई उनले ‘चित्तभूमि’ (मनको क्षेत्र) भने ।
उनले योग मनको पहिलो तीन अवस्थामा हुन सक्दैन, तर अन्तिम दुईमा मात्र हुन सक्छ । यी दुई अवस्था भित्र, दुई प्रकारका योग हुन सक्छन् सम्प्रज्ञाता र असम्प्रज्ञाता । ध्यानको वस्तुका रूप देखिने अवस्थालाई सम्प्रज्ञाता भनिन्छ । यो योगले पाँच प्रकारका दुःखहरूलाई नष्ट गर्दछ । असम्प्रज्ञाताले त्यो अवस्थालाई जनाउँछ, जसमा कुनै प्रवृत्ति उत्पन्न हुँदैन; अर्थात्, ज्ञाता र ज्ञात बिचको भिन्नता रहँदैन । यो नै योगको उत्कर्ष हो । यही मोक्षको कामना हो र मुक्तिको प्राप्ति हो ।
योगीजनले योगाभ्यास गर्दै जाँदा आफूभित्र रहेका विचार वा भावनाहरूको आकार छोट्टिँदै गएको अनुभव गर्दछन् र यसै प्रक्रियामा एक समय यस्तो आउँछ, जब त्यस्ता विचार वा भावनाहरू आफैँमा लोपको अवस्थामा पुग्छ अर्थात् साधकले चाहेमा मात्र विचार वा भावनाहरूले अस्तित्व ग्रहण गर्ने अन्यथा लोपको स्थितिमा रहने हुन्छ । साधकको विचार वा भावना पूर्णतः उसको नियन्त्रणमा हुन्छ । योगका यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठवटा अंगहरू छन् । यी आठ अंगहरूको अभ्यास योग प्राप्तिको लागि आवश्यक मानिन्छ । यी आठ अंगहरूमा निपुणता हासिल गर्ने व्यक्ति सबै प्रकारका दुःखबाट मुक्त हुन्छ र अन्ततः कैवल्य (मुक्ति) प्राप्त गर्दछ ।
हठयोग एक त्यस्तै वैकल्पिक मार्ग हो, जसमा नेती, धोती, बस्ती आदि जस्ता शतकर्म र नाडी शोधन आदिको वर्णन गरिएको छ । शिव संहिता, हठयोग प्रदीपिका, घेरन्द संहिता आदि हठयोगका ग्रन्थहरू हुन् । हठयोगका महान आचार्यहरू मत्स्येन्द्रनाथ (मच्छन्दरनाथ) र उनका शिष्य गोरखनाथ भए । गुरु गोरखनाथको कथा नेपाल राज्यको एकीकरणसँग पनि जोडिएको छ । पतञ्जलिको सूत्रहरूमा सबैभन्दा पुरानो टिप्पणी वेद व्यासको हो, जसमा वाचस्पतिको टिप्पणी पनि समावेश छ । विज्ञान भिक्षुको ‘योगसारसंग्रह’ लाई पनि योगको आधिकारिक ग्रन्थ मानिएको छ । भोजराजको सूत्रहरूमा पनि यसको टीका उपलब्ध छ । योगलाई स्नायु तन्त्रसँग पनि जोडिएको छ । जस अनुसार शरीरभित्रका चक्रहरूको बोधको कामना गरिएको छ । अष्टाङ्ग अभ्यासबाट यसको प्राप्ति हुने भए पनि अन्य वैकल्पिक अभ्यासहरूको पनि उदय भएको देखिन्छ ।
हठयोग एक त्यस्तै वैकल्पिक मार्ग हो, जसमा नेती, धोती, बस्ती आदि जस्ता शतकर्म र नाडी शोधन आदिको वर्णन गरिएको छ । शिव संहिता, हठयोग प्रदीपिका, घेरन्द संहिता आदि हठयोगका ग्रन्थहरू हुन् । हठयोगका महान आचार्यहरू मत्स्येन्द्रनाथ (मच्छन्दरनाथ) र उनका शिष्य गोरखनाथ भए । गुरु गोरखनाथको कथा नेपाल राज्यको एकीकरणसँग पनि जोडिएको छ । योगका माथि वर्णन गरिएका कुराहरू योगका शास्त्रीय कुराहरू हुन्, जुन कि योगाभ्यासको लागि अत्यन्तै कठिन र कठोर छन् । त्यसैले यसको प्राप्ति सबैको लागि सहज हुन सक्दैन । त्यसैले वैदिकदेखि सनातनसम्मको इतिहासमा नगण्य व्यक्तिहरू मात्र योग सिद्धि प्राप्त गरे र योगी कहलाए । तर सत्य के हो भने कुनै पनि सिद्ध पुरुष वा योगी आरम्भमा एक साधारण व्यक्ति नै थिए ।
अर्थात् यसको अर्थ के हो भने प्रकृतिले योगको सम्भावना सबै मानिसमा समान प्रकारले प्रदान गरेको छ । तर त्यो कुराको प्राकट्य व्यक्तिको इच्छा, संकल्प, दृढता र योग्य गुरुको मार्गदर्शनबाट मात्र सम्भव हुन्छ । विगतमा योगका कुराहरू सीमित व्यक्तिको पहुँचमा मात्र थियो तर अहिले यसको प्रचार, उत्प्रेरणा र सहयोग चारैतिर फैलिएको छ । योग शिविरदेखि योगाभ्यासका स्थायी केन्द्रहरू सर्वत्र उपलब्ध छ । बाबा रामदेवलगायतले योगलाई घरघरमा र व्यक्तिव्यक्तिसम्म पुर्याए । र, त्यसैको प्रतिफल आज योग एक अन्तर्राष्ट्रिय अभियानकै हिस्सा बन्नपुगेको छ ।
सार्वभौम मानव समुदायको जीवनमा योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्र संघले हालै केही वर्ष अघि अन्तर्राष्ट्रिय स्तरमा योग दिवस मनाउने परम्पराको थालनी गरेको छ । जस अनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ मा विश्वव्यापी रूपमा योग दिवस मनाउन थालिएको छ । योग अभ्यासहरूले शारीरिक र मानसिक स्वास्थ्यको लागि महत्त्वपूर्ण फाइदाहरू दिने गरेको हुनाले संयुक्त राष्ट्र संघले प्राचीनकालमा सुरु भएको यो स्वास्थ्य अभ्यासलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्नु महत्त्वपूर्ण ठानेको छ । आज यो विश्वव्यापी स्वास्थ्य, सद्भाव र शान्ति प्रवर्द्धन गर्न संयुक्त राष्ट्र संघको आधिकारिक अभियान बनेको छ । त्यसैले यसलाई विश्व योग दिवस भनिन्छ ।
भारत सरकारले सन् २०१४ मा संयुक्त राष्ट्र महासभामा योग दिवस मनाउनुपर्ने प्रस्ताव गर्यो, जसलाई व्यापक रूपमा विश्वव्यापी समर्थन प्राप्त भयो, जसको १७७ देशहरूले सह–प्रायोजकत्व लिएका थिए, जहाँ यो सर्वसम्मतिले पारित भएको थियो । त्यसपछि, पहिलो अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०१५ अर्थात् वि.सं. २०७२ असार ६ मा न्यूयोर्क, पेरिस, बेइजिङ, बैंकक, क्वालालम्पुर, सियोल र नयाँ दिल्ली लगायतका शहरहरूमा विश्वव्यापी रूपमा सफलतापूर्वक मनाइयो । योगाभ्यासको आधार व्यायाम हो तर यो व्यायाम नै होइन । व्यक्तिको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । नियमित योग अभ्यासले तनाव घटाउन, निद्राको गुणस्तर सुधार गर्न र आत्मविश्वास बढाउन सहयोग गर्छ ।
नेपालले जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउनुको साथै हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस पनि मनाउन थाल्यो । शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्न, तनाव व्यवस्थापन गर्न र योगको ऐतिहासिक महत्वबारे चेतना फैलाउन नेपाल सरकारले वि.सं. २०७२ देखि यसलाई औपचारिक रूपमा मनाउन सुरु गरेको हो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।
मन्त्रिपरिषद्को वि.सं. २०७२ साउन २८ गतेको निर्णयअनुसार माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएको हो । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । दैनिक जीवनमा योग अभ्यासलाई प्रोत्साहन गरेर स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्ति कायम राख्नु यसको मुख्य उद्देश्य हो । माघ १ गते नेपालमा माघे सङ्क्रान्ति पर्व पनि पर्ने भएकाले यस दिनलाई विशेष महत्वका साथ लिइन्छ ।
योगाभ्यासको आधार व्यायाम हो तर यो व्यायाम नै होइन । व्यक्तिको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । नियमित योग अभ्यासले तनाव घटाउन, निद्राको गुणस्तर सुधार गर्न र आत्मविश्वास बढाउन सहयोग गर्छ । दीर्घकालीन रूपमा यसले उच्च रक्तचाप, मधुमेह र जीवनशैलीसँग सम्बन्धित समस्याको जोखिम कम गर्न योगदान पुर्याउँछ । मानसिक रूपमा स्थिर व्यक्ति समाज र परिवार दुवैका लागि सकारात्मक शक्ति बन्न सक्छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्दछ । तर योगले व्यक्तिलाई त्यसभन्दा माथि लैजान्छ । योगमा नैतिक अनुशासन, आसन, प्राणायाम, ध्यान र समाधि समावेश हुन्छन् । नैतिक अनुशासनले व्यक्तिलाई संकल्पमा दृढ बनाउँछ । आसनले शरीरलाई सन्तुलित र लचिलो बनाउँछ । प्राणायामले श्वासप्रश्वासको लय सुधार गर्छ । ध्यानले मनलाई केन्द्रित र शान्त राख्न सहयोग पुर्याउँछ भने समाधि योगको अन्तिम अवस्था हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij