Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रत्ननगर–१ मा सृजनशील युवा समाजद्वारा फूलका गमला हस्तान्तरण

रत्ननगर–१ मा सृजनशील युवा समाजद्वारा फूलका गमला हस्तान्तरण

रत्ननगर : सृजनशील युवा समाज, रत्ननगरको विशेष पहल तथा रत्ननगर नगरपालिका वडा नम्बर १ को कार्यालयको सहयोगमा ३३ थान रिङ्ग फूलका गमला हस्तान्तरण गरिएको छ। रत्ननगर नगरपालिका वडा नम्बर १ को आर्थिक वर्ष २०८२/८३ को 'संघ संस्था सहायता कार्यक्रम' अन्तर्गत प्राप्त रु. २५,००० (पच्चीस हजार) बराबरको बजेटबाट ती सामग्रीहरू वितरण गरिएको हो।

 

सृजनशील युवा समाजका अध्यक्ष शंकर पौडेलको सभापतित्वमा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कुलप्रसाद सापकोटा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा सदस्य गिरिराज लम्साल विशिष्ट अतिथिका रूपमा र सिर्जना टोल विकास संस्थाका अध्यक्ष तिलक पौडेल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूबाट संयुक्त रूपमा उक्त फूलका गमलाहरू हस्तान्तरण गरिएको थियो।

 

समाजका अध्यक्ष शंकर पौडेलेले वडाको यो साथ सहयोगलाइ धन्यवाद दिँदै समाजले धर्म, संस्कार, संस्कृति जगेर्ना लगायत स्वच्छ सफा तथा पर्यावरणीय सौन्दर्यताका लागि आगामी दिनमा अझै धेरै कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै सिर्जना टोल विकास संस्थाका अध्यक्ष तिलक पौडेलले यस्ता रचनात्मक पहलले टोलको सौन्दर्यीकरण र वातावरणीय सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। आयोजक संस्थाका उपाध्यक्ष गणेश पौडेलले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको उक्त औपचारिक कार्यक्रमको सञ्चालन सृजनशील युवा समाजका सचिव रामचन्द्र आचार्यले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट