Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा महाधिवेशन बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रको हलमा, भाडा १३ लाख ५० हजार

रास्वपा महाधिवेशन बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रको हलमा, भाडा १३ लाख ५० हजार

 चितवन :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्रका लागि प्रयोग हुने चितवन उद्योग संघको प्रर्दशनी केन्द्रको हल भाडा १३ लाख ५० हजार भाडा लाग्ने भएको छ ।

सुरुमा राजनीतिक कुनै पनि कार्यक्रम गर्न अनुमति नदिने जनाएको उद्योग संघले उद्योग मन्त्रालयको अनुरोध पछि रास्वपाको बन्दसत्र गर्न हल दिन तयार भएको हो ।

संघले आफ्नो नियम अनुसार रास्वपाले तीन दिन हल प्रयोग गर्दा प्रति दिन ४ लाख ५० हजारका दरले भाडा लिने सम्झौता गरेको छ ।

संघका अध्यक्ष अध्यक्ष मदन घिमिरेका अनुसार एक हलको एक दिनको भाडा नियमाबलीमा भएको व्यवस्था अनुसार एक लाख ५० हजार शुल्क लाग्ने गर्दछ । रास्वपाले तीनवटा हल नै बुक गरेकोले दैनिक दैनिक ४ लाख ५० हजार शुल्क तिर्नुपर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट