Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

घाम–पानीबाट जोगिन भरतपुरमा जर्मन ह्याङ्गर, १५ हजार अट्ने संरचना

घाम–पानीबाट जोगिन भरतपुरमा जर्मन ह्याङ्गर, १५ हजार अट्ने संरचना

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटनस्थलमा चर्को घाम र सम्भावित वर्षाबाट जोगिन जर्मन ह्याङ्गर जडान गरिएको छ। भरतपुरको गेस्टहाउस चौरमा करिब ३० हजार स्क्वायर फिट क्षेत्रफलमा अस्थायी संरचना निर्माण गरिएको हो। मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार बीच भागमा २० फिट चौडाइ र ७५ फिट लम्बाइको मुख्य छानोयुक्त ह्याङ्गर राखिएको छ।

दुवैतर्फ २० फिट लम्बाइ र ३० फिट चौडाइका सहायक संरचना जडान गरिएका छन्। यी संरचनाको उचाइ बीचमा २४ फिट र छेउछेउमा १४ फिट रहेको छ। उनले करिब १५ हजार जना अट्ने व्यवस्था गरिएको बताए। ह्याङ्गरभित्र महिला, ज्येष्ठ नागरिक तथा असहायका लागि करिब दुई हजार कुर्सी राखिनेछ भने बाँकी स्थानमा चौरमै बस्ने व्यवस्था मिलाइनेछ। साथै चार वटा एलईडी स्क्रिनमार्फत कार्यक्रम प्रत्यक्ष प्रसारण गरिनेछ। बाँकी क्षेत्रमा प्यागोडा शैलीका क्यानोपी टेन्ट पनि जडान गरिनेछ।

भट्टराईका अनुसार जर्मन ह्याङ्गर अल्मुनियम संरचना र ‘टेनसाइल फेब्रिक’को छानोबाट बनेको हुन्छ, जसले घाम, पानी, हुरीबतास तथा आगलागीबाट समेत सुरक्षा प्रदान गर्छ। रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार उद्घाटन सत्रमा करिब ३० हजार सहभागी हुने अनुमान छ। सुरक्षा र भीड व्यवस्थापनका लागि विशेष पार्किङ व्यवस्था गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल र अन्य सवारीलाई वीरेन्द्र बहुमुखी क्याम्पस आसपासको चौरमा पार्किङ गरिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट