Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार

नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार

काठमाडौँ : साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको छ ।

आजको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको छ। कुल ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँ बराबरको कुल कारोबार भएको छ। समूहगत रूपमा आज फाइनान्स बाहेक अन्य सबै समूह घटेका छन् । अन्य र ट्रेडिङ सेक्टरमा एक प्रतिशत भन्दा धेरै घटेको छ। 

आज कारोबार भएका कम्पनीमध्ये ४३ वटाको शेयर मूल्य बढेको छ भने २२१ वटाको घटेको छ। ६ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो। आज सबैभन्दा बढी नाफा कमाउनेमा कालिञ्चोक हाइड्रोपावर १४.९९ प्रतिशत र क्रेस्ट माइक्रो लाइफ १३.११ प्रतिशत रहेका छन् । कारोबार रकमका आधारमा आज सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो, जसको २० करोड ४६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट