काठमाडौं : नेपाल चिकित्सक संघले अनेमेकोन–३० तथा पाँचौँ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन २०२६ का लागि दर्ता प्रक्रिया र अब्स्ट्र्याक्ट आह्वान औपचारिक रूपमा खुला गरेको छ। आगामी २०२६ मे ३० र ३१ तारिखमा चितवनमा आयोजना हुने उक्त सम्मेलनमा अनुसन्धानकर्ता, चिकित्सक, स्वास्थ्यकर्मी, प्राध्यापक तथा विद्यार्थीहरूलाई आफ्नो वैज्ञानिक अनुसन्धान तथा नवीन विचार प्रस्तुत गर्न आह्वान गरिएको छ।
आयोजकका अनुसार सम्मेलनले स्वास्थ्य क्षेत्रको अनुसन्धान, सहकार्य र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। सहभागीहरूलाई आफ्नो अध्ययन तथा अनुसन्धानका निष्कर्ष प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ। एब्स्ट्र्याक्ट पेश गर्न इच्छुक सहभागीहरूले अब्स्ट्र्याक्ट सब्मिसन मार्फत आवेदन दिन सक्नेछन्। त्यसैगरी, सम्मेलनमा सहभागिताका लागि रजिस्ट्रेसन पोर्टलबाट दर्ता गर्न सकिने जनाइएको छ। सम्मेलनसम्बन्धी थप जानकारीका लागि नेपाल मेडिकल संघको आधिकारिक वेबसाइट अवलोकन गर्न वा anemecon2026@gmail.com मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
उत्कृष्ट प्रस्तुति गर्ने अनुसन्धानकर्तालाई नगद पुरस्कार प्रदान गरिने पनि जनाइएको छ। प्रथम हुनेलाई १२ हजार रुपैयाँ, द्वितीयलाई ८ हजार रुपैयाँ तथा तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। सम्मेलनमा सहभागिता लिन तथा सार लेख पेश गर्न इच्छुक व्यक्तिहरूका लागि दर्ता प्रक्रिया खुला गरिएको छ। आयोजकले स्वास्थ्य क्षेत्रमा नयाँ ज्ञान र अनुभव आदानप्रदान गर्न यो सम्मेलन महत्वपूर्ण अवसर हुने अपेक्षा गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij