Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवनमा सिए अध्ययनका लागि गुरुकूलले खोल्यो छात्रवृत्ति, उत्कृष्ट ३ विद्यार्थीलाई विशेष अवसर

चितवनमा सिए अध्ययनका लागि गुरुकूलले खोल्यो छात्रवृत्ति, उत्कृष्ट ३ विद्यार्थीलाई विशेष अवसर

भरतपुर  : चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्ने विद्यार्थीहरूका लागि गुरुकूल सिए चितवनले छात्रवृत्ति कार्यक्रम खुलाएको छ।

कक्षा १२ उत्तीर्ण गरी सिए अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै गुरुकूलले उत्कृष्टताको आधारमा छात्रवृत्ति प्रदान गर्ने जनाएको हो। संस्थाले देशभरका ९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने योजना अन्तर्गत चितवन शाखाबाट ३ जना विद्यार्थी छनोट गर्ने जनाएको छ। गुरुकूलका म्यानेजिङ डाइरेक्टर विशाल भट्टराईका अनुसार प्रवेश परीक्षामा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिइनेछ। दोस्रो स्थान हासिल गर्नेले ७५ प्रतिशत र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीले ५० प्रतिशत छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ।

उनका अनुसार प्रवेश परीक्षा यही जेठ ५ गते सञ्चालन गर्ने तयारी गरिएको छ। चितवनमै बसेर गुणस्तरीय सिए अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो सुनौलो अवसर भएको भट्टराईले बताए। “काठमाडौँ सरहको गुणस्तरीय शिक्षा चितवनमै उपलब्ध गराउँदै आएका छौँ,” उनले भने, “देशभरका शाखाहरूलाई एकै शैक्षिक नेटवर्कमा जोडेर उत्कृष्ट नतिजा दिइरहेका छौँ।”

गुरुकूलले काठमाडौँ मुख्य कार्यालयसहित चितवन, विराटनगर, वीरगञ्ज र बुटवलमा कक्षा सञ्चालन गर्दै आएको छ। सिए तथा एसिसिए दुबै कार्यक्रम सञ्चालन भइरहेका छन्।संस्थाका अनुसार सिए अध्ययन गर्न करिब साढे पाँच लाख रुपैयाँ र एसिसिए अध्ययन गर्न करिब सात लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान छ। एसिसिए युके बोर्ड अन्तर्गत पर्ने भएकाले यसको खर्च तुलनात्मक रूपमा बढी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट