Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्रहरी कल्याण कोषको रकम एक वर्षे मुद्दती निक्षेपमा राखिने

प्रहरी कल्याण कोषको रकम एक वर्षे मुद्दती निक्षेपमा राखिने

काठमाडौं :

15074-1024x1008.jpg
undefined

प्रधान कार्यालयले प्रहरी कल्याण कोषको रकम एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव आह्वान गरेको छ ।कल्याण महाशाखाले सार्वजनिक गरेको सूचना अनुसार कोषको साधारणतर्फको नेपाली रुपैयाँ तीन करोड रकम नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गरिने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम, प्रस्तावित ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरिएको छ ।

सूचना अनुसार प्रस्ताव २०८३ जेठ ४ गते कार्यालय समयभित्र बुझाइसक्नुपर्ने छ ।

प्रहरी प्रधान कार्यालय नक्सालस्थित कल्याण महाशाखाले प्रकाशित गरेको सूचनामा प्रतिस्पर्धात्मक ब्याजदरमार्फत कोषको रकम सुरक्षित तथा लाभदायी रूपमा लगानी गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट