कास्की : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी भएका छन्।महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न मतदानमा सिटौलाले १०३० मत ल्याउँदै विजयी भए। उनका प्रत्याशी हरिशरण केसीले ४६४ मत प्राप्त गरे।
यसैगरी वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल विजयी भए। उपाध्यक्षहरूमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भए। सात उपाध्यक्ष पदका लागि १३ जना प्रतिस्पर्धामा उत्रिएका थिए।
महासंघको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा डेकनाथ गौतम विजयी भए। त्यसैगरी उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा विजयी भएका छन्। सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित भए। कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर विजयी भए। सह–कोषाध्यक्षमा शोभाखर पौडेल विजयी भएका छन्। महाधिवेशनबाट कुल ७८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij