Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रत्ननगर खानेपानीको नयाँ नेतृत्वद्वारा महसुल र धारा जडानमा भारी छुट घोषणा

रत्ननगर खानेपानीको नयाँ नेतृत्वद्वारा महसुल र धारा जडानमा भारी छुट घोषणा

चितवन : रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्वले पदभार सम्हालेसँगै उपभोक्तामैत्री निर्णय सार्वजनिक गरेको छ। संस्थाका नवनिर्वाचित अध्यक्ष दिपकराज पौडेल नेतृत्वको कार्यसमितिले पहिलो बैठकबाटै महसुलदेखि नयाँ धारा जडानसम्म विभिन्न छुटको घोषणा गरेको हो।

संस्थाको निर्णयअनुसार २०८३ जेठ महिनाको खानेपानी रिडिङ महसुलमा न्यूनतम ८० रुपैयाँ छुट दिइनेछ। साथै, जेठ १ गतेदेखि एक महिनासम्म नयाँ धारा जडान शुल्क ८ हजार ५ सय रुपैयाँमा ५० प्रतिशत छुट लागू गरिने भएको छ। त्यस्तै, भूमिहीन उपभोक्ताका लागि पनि विशेष सहुलियत घोषणा गरिएको छ। ४ हजार २ सय ५० रुपैयाँ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णयले विपन्न वर्गलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ।

नयाँ नेतृत्वले पदभार सम्हालेको छोटो समयमै उपभोक्ताको पक्षमा निर्णय गरेपछि रत्ननगर क्षेत्रमा यसको व्यापक चर्चा सुरु भएको छ। स्थानीय उपभोक्ताले चुनावअघि गरेका प्रतिबद्धता व्यवहारमा देखिन थालेको भन्दै नयाँ कार्यसमितिको प्रशंसा गरेका छन्। अध्यक्ष दिपकराज पौडेल नेतृत्वको यो कदमलाई रत्ननगर खानेपानीको इतिहासमै उपभोक्तामैत्री र प्रभावकारी निर्णयका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट