Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बहुविवाह गरेर भारतमा लुकेका दुई जना २९ वर्षपछि पक्राउ

बहुविवाह गरेर भारतमा लुकेका दुई जना २९ वर्षपछि पक्राउ

काठमाडौँ : बहुविवाह मुद्दामा दोषी ठहर भई विगत २९ वर्षदेखि फरार रहेका दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले विरूवा गाउँपालिका वडा नम्बर ४ का ५२ वर्षीय हुम बहादुर थापा (उमाकान्त पोखरेल) र ४६ वर्षीया शारदादेवी पोखरेललाई पक्राउ गरी कारागार चलान गरेको हो।

२०५३ साल वैशाख १९ गते दर्ता भएको बहुविवाह मुद्दामा अदालतले उनीहरूलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। सजायबाट बच्नका लागि आफ्नो वास्तविक पहिचान लुकाएर लामो समयदेखि भारतमा आश्रय लिँदै आएका उनीहरूलाई प्रहरीले विशेष सूचनाका आधारमा समात्न सफल भएको हो।

पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशपछि उनीहरूलाई दुई महिनाको कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट