Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ रुपैयाँले बढेको हो । महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज सुनको मूल्य १० ग्राममा २ लाख ५० हजार १७० रुपैयाँ कायम गरिएको छ । सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार १३२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट