विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले सोमबार मध्यरातदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/१२/२३ गतेको सिफारिसमा उक्त निर्णय लिइएको हो ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij