Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

८०.२७ अंकले बढेको नेप्सेमा ११ अर्बको कारोबार

८०.२७ अंकले बढेको नेप्सेमा ११ अर्बको कारोबार

काठमाडौँ : साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से ८३.३३ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ३.११ प्रतिशतले बढेको नेप्से २७६०.०२ विन्दुमा अडिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १४.३० अंकले बढेर ४७१.९२ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ३.१२ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ३.२८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२२ प्रतिशतले बढेको छ।

सेयर बजारमा सोमबार ३४५ कम्पनीको एक लाख २४ हजार ९३ पटकको कारोबारमा दुई करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ रुपैयाँको कारोबार भयो। आइतबार भने १२ अर्ब ३८ करोड नौ लाख १४ हजार ५७० रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज १३ समूहका कारोबार भएकामा सबै समूहका उपसूचक हरियाली बने। जसअनुसार सोमबार वाणिज्य बैंक समूहको सूचक ३.१८‚ विकास बैंक ३.६३‚ फाइनान्स ४.०३‚ होटेल तथा पर्यटन ३.२४‚ जलविद्युत् ४.५९ तथा लगानी समूहको उपसूचक ३.३३ प्रतिशतले उकालो लागे। यस्तै जीवन बिमा २.६६‚ उत्पादन तथा प्रशोधन समूह १.५३‚ लघुवित्त २.४३‚ म्युचुअल फन्ड १.४०‚ निर्जीवन बिमा २.९४‚ अन्यको २.३६ र व्यापार समूहको उपसूचक २.४० प्रतिशतले बढे।

नेप्सेमा सोमबार चारवटा कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। सकारात्मक सर्किट लाग्नेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड‚ भुजुङ हाइड्रोपावर लिमिटेड‚ रिडीपावर कम्पनी लिमिटेड र नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड छन्। अर्थात् यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै लक्ष्मी बैंक डिबेन्चर २०८८ का लगानीकर्ताले ३.१० प्रतिशतले घाटा बेहोरे। कारोबार रकमका आधारमा हिमालयन रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा छ। आज रिलायन्सको एक अर्ब १३ करोड ५८ लाख ५८ हजार १५४ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि कुमारी बैंक लिमिटेड सबैभन्दा अगाडि रह्यो। कुमारीको सेयर सोमबार १० लाख ९६ हजार ७४ कित्ता किनबेच भयो। कुमारीको सेयर आइतबार १५ लाख ४९ हजार ५३५ कित्ता किनबेच भएको थियो। कुमारीको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २२२ रुपैयाँ कायम रह्यो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट