काठमाडौं : सरकारले लाइसेन्स, राहदानी र नागरिकताजस्ता महत्त्वपूर्ण प्रमाणपत्र नागरिकको घरमै डेलिभरी गर्ने व्यवस्था गर्ने भएको छ।
शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर २७ मा उक्त योजना अघि सारिएको हो।हुलाक सेवालाई पूर्ण रूपमा आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’ को रूपमा विकास गरेर राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका सरकारी कागजात र सामग्रीहरू सुरक्षित रूपमा नागरिकको घरमै पुर्याउने सुनिश्चित गरिने उल्लेख छ।
त्यस्तै, सरकारले नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्लाबाट लिन सकिने व्यवस्था गर्ने भएको छ।
यसका लागि सरकारले डिजिटल तथा एकीकृत प्रणालीको प्रयोग गर्ने योजना बनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij