Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कांग्रेसका शीर्ष नेताहरूले सानेपामा नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिँदै

कांग्रेसका शीर्ष नेताहरूले सानेपामा नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिँदै

काठमाडौं : नेपाली कांग्रेसले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सांसद्हरुलाई संसदीय अभ्यास र पार्टीको रणनीतिबारे जानकारी गराउन आयोजना गरिएको कार्यक्रमपार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम जारी छ ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको तर्फबाट निर्वाचित भएका प्रतिनिधि सभा एवं राष्ट्रिय सभा सदस्यहरुलाई संसदीय ज्ञान दिनको लागि अभिमुखिकरण गर्ने निर्णय गरेको थियो ।

सचेतना कार्यक्रमका पार्टी सभापपति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीहरु प्रदीप पौडेल र गुरु घिमिरेले प्रशिक्षण दिँदैछन् । यस्तै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेसले जनााएको छ । कांग्रेसबाट गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा ३८ र माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट ९ जना सांसद निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट