Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सेतो मच्छिन्द्रनाथको रथमा राष्ट्रपति पौडेलद्वारा पूजाअर्चना

सेतो मच्छिन्द्रनाथको रथमा राष्ट्रपति पौडेलद्वारा पूजाअर्चना

काठमाडौँ :  काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको प्रतीक सेतो मच्छिन्द्रनाथको रथ असन आइपुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति विशेष पूजाअर्चना गरेका छन्। चैत्र शुक्ल अष्टमीको अवसरमा जमलको तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा नगरको भित्री भाग असन आइपुग्दा राष्ट्रपति पौडेलले परम्परागत विधिअनुसार रथको दर्शन र पूजा गरेका हुन्।

काठमाडौँको जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथलाई हरेक वर्ष यसरी नै रथमा राखेर नगर परिक्रमा गराउने चलन छ। राष्ट्राध्यक्षले असनमा पुगेर रथको पूजा गर्ने पुरानो परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेलले जनमानसको सुख र समृद्धिको कामना समेत गरे।

सेतो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पूजिने हुनाले यस पर्वको काठमाडौँ उपत्यकाको नेवार समुदाय र समग्र सांस्कृतिक इतिहासमा विशिष्ट स्थान रहेको छ।यो रथयात्रा जमलबाट सुरु भएर असन, हनुमानढोका हुँदै लगनटोल पुगेर समापन हुने गर्छ। काठमाडौँको भित्री शहरका गल्लीहरूमा रथ तान्ने क्रममा विभिन्न झाँकी र बाजागाजासहितको उत्साहजनक सहभागिता रहने गर्छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij