Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

५.०१ अंकले बढेको नेप्सेमा पौने १६ अर्बको कारोबार

५.०१ अंकले बढेको नेप्सेमा पौने १६ अर्बको कारोबार

काठमाडौँ : सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ५.०१ अङ्कले बढेर २,९३६.५६ विन्दुमा पुगेको हो । 

यस दिन कुल ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर १ लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा कुल १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य ओरालो लागेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आज चार वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज कुमारी बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो। उक्त बैंकको ६७ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्टको ६० करोड ६४ लाख, नेशनल हाइड्रोपावरको ५७ करोड ४८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ५४ करोड ९८ लाख र ङादी ग्रुप पावरको ५४ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैबिच आज कारोबार भएका १३ वटा उपसमूहमध्ये ७ वटा समूहको सूचक बढेको छ भने ६ वटा समूहको सूचक घटेको छ। आज सबैभन्दा बढी सुधार उत्पादन तथा प्रशोधन समूहमा देखिएको छ। यो समूहको सूचक १५४.४३ अङ्क अर्थात् १.५३ प्रतिशतले बढेर १०,२३३.३० विन्दुमा पुगेको छ। त्यस्तै, जलविद्युत समूहको सूचक ३७.७१ अङ्क (०.९६%) ले बढेको छ भने म्युचुअल फण्ड ०.८८ प्रतिशत र लगानी समूह ०.७२ प्रतिशतले उकालो लागेको छ। लघुवित्त र फाइनान्स समूहमा पनि सामान्य सुधार देखिएको छ।

यता, घट्ने समूहहरूमध्ये होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी गिरावट आएको छ। यो समूहको सूचक ६७.६९ अङ्क अर्थात् ०.८६ प्रतिशतले घटेको छ। ट्रेडिङ समूहको सूचक पनि २४.१२ अङ्क (०.६३%) ले ओरालो लागेको छ। विकास बैंक समूह ३२.३७ अङ्क (०.५०%) र जीवन बीमा समूह ६५.६२ अङ्क (०.४७%) ले घटेको छ। बजारको मुख्य हिस्सा ओगट्ने बैंकिङ समूहको उपसूचक पनि आज ४.३६ अङ्क (०.२७%) ले ओरालो लागेको छ। निर्जीवन बीमा समूहमा भने ०.०४ प्रतिशतको झिनो गिरावट देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट