Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

परीक्षा स्थगित गरिएको भन्दै हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

परीक्षा स्थगित गरिएको भन्दै हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

पर्सा : वीरगञ्ज महानगरपालिका–१० स्थित हरित खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आज आन्दोलन गरेका छन् । क्याम्पस प्रशासन र शिक्षकहरूबिचको आन्तरिक द्वन्द्वका कारण कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै विद्यार्थीहरूले क्याम्पसको गेटमा धर्ना दिएका हुन् ।
 
कक्षा–१२ को प्रिबोर्ड परीक्षाका लागि भनेर विद्यार्थीहरू आइतबार बिहान क्याम्पस पुगेका थिए । परीक्षाको तयारीमा रहेका विद्यार्थीहरू बिहान परीक्षा हलमा पुगे पनि शिक्षकहरू भने उपस्थित थिएनन् ।

नाम नखुलाउने सर्तका क्याम्पसका एक शिक्षक जनाए अनुसार केही दिनदेखि प्रशासन र शिक्षकबिच विवादले परीक्षा रोकिएको हो । सो क्याम्पसमा शिक्षकहरूले लामो समयदेखि तलब नपाएको गुनासो गरेका छन् ।
 
क्याम्पसको आन्तरिक विवादका कारण परीक्षाका लागि हलमा प्रवेश गरिसकेका विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएपछि आन्दोलित भएको जनाइएको छ । सो विषयमा क्याम्पस प्रमुख रविन्द्र यादवसँग पटक–पटक कुराकानी गर्ने प्रयास गरे पनि ‘सञ्चार माध्यमसँग अहिले केही नबोल्ने’ भन्दै उनी पन्छिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij