Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बुढीगण्डकीमा बाढीः सल्लेरी बजार बगायो, जगत बजारमा पनि ठूलो क्षति

बुढीगण्डकीमा बाढीः सल्लेरी बजार बगायो, जगत बजारमा पनि ठूलो क्षति

गोरखाः बुढीगण्डकी नदीमा ठूलो बाढी आएको छ। चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ।

नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको छ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले आइतबार एकाबिहानै नदीमा ठुलो आवाजसहित पानीको बहाव बढेको जानकारी दिए। बाढी तल्लो तटीय क्षेत्रतिर गइरहेकाले उनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न सबैलाई अनुरोध गरेका छन्।  यसबारे थप विवरण आउने क्रममा छ।

सल्लेरी बजार बगायो, जगत बजारमा पनि ठुलो क्षति

बुढीगण्डकी नदीमा आएको ठुलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ। स्थानीयबासीले दिएको जानकारीअनुसार सल्लेरी बजार बगाउनुको साथै जगत बजारमा पनि ठुलो क्षति पु¥याएको छ। चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ।

नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij